
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६२ जना र एन्टिजेन विधिबाट ४२४ जनाको परीक्षण गर्दा क्रमशः पीसीआरमा ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ ।
२४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।