उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट थप एक युवाको मृत्यु भएको छ ।
भर्खरै प्राप्त जानकारी अनुसार उर्लाबारी वडा नं. ९ का एक युवाको मृत्यु भएको हो । उहाँको बिएनसी हस्पिटल विर्तामोडमा मृत्यु भएको जानकारी आएको छ । यो सँगै दोस्रो चरणको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।























