काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ४६७ जना र एन्टिजेनबाट ५३ जना गरी थप ८ हजार ५२० जनालाई संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ जना रहेको छ ।

२४ घण्टामा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय