
उर्लाबारी । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण ब्यापक फैलिएसँगै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ ।
कोरोना संक्रमित तथा मृत्यु हुनेको संख्या बढिरहेको कारण निषेधाज्ञा थप कडा बन्दै गएको हो । प्रदेश नं. १ मा पनि कोरोना संक्रमितको संख्या अधिक छ । मोरङलगायत जिल्लामा निषेधाज्ञा कडा पारिएको छ ।