
उर्लाबारी । मोरङको उर्लाबारीमा ३३ बेडको आइसोलेशन तयार भएको छ । उर्लाबारी नगरपालिकाले उर्लाबारी–८ स्थित राजघाट स्वास्थ्य चौकीको भवनमा ११ बेडको आइसोलेशन तयार पारेको छ । एमबीबीएस डाक्टरसहितको टोली आइसोलेशनमा २४ सैं घण्टा परिचालन गरिएको छ । हिजैदेखि उक्त आइसोलेशन सञ्चालनमा आएको छ । त्यस्तै, उर्लाबारी–३ को मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा १२ बेडको आइसोलेशन तयार भएको छ । आजदेखि आइसोलेशन सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक नरेश पोख्रेलले आइसोलेशनको उद्घाटन गर्नुभयो । त्यस्तै, उर्लाबारी–५ स्थित गोदावरी हस्पिटलले पनि १० बेडको निजी स्तरबाट आइसोलेशन सञ्चालनमा ल्याएको छ ।