उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो विपतका बेला सधै जनहितमा अहोरात्र खट्ने गर्नुहुन्छ । कोरोना महामारीको अवस्था होस् वा खोला बाढीले प्रभावित हुँदा सधै मेयर फागो अग्रमोर्चामा रहेर काम गर्दै आउनु भएको छ । २०७४ सालमा स्थानीय तहको निर्वाचनमा प्रदेश नं. १ मै दोस्रो मत अन्तरले विजयी हुनु भएका मेयर फागो जनहितमा काम गरेर निरन्तर चर्चामा हुनुहुन्छ । पहिलो चरणको कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लास उठाउनुभन्दा भाटा उठाउँछु भन्दै गरेको भाटे कार्वाहीको अधिक चर्चा रह्यो । धेरैले प्रशंसा र केहीले आलोचना पनि गरे । त्यो परिस्थितिमा अधिकांशले भने मेयर फागोको कदमको स्वागत गरेका थिए । मेयर फागो त्यसबीचमा पनि धेरै चर्चा र विवादमा रहिरहनुभयो ।
यतिबेला दोस्रो चरणको कोरोना भाइरसको संक्रमण फैलिएरहेको छ । अक्सिजन अभावमा अकालमै मृत्युवरण गरिरहेका खबर आइरहेका बेलामा मेयर फागोले भने दिनरात खटेर ११ बेडको कोभिड उपचार केन्द्र बनाउन सफल रहनुभयो । रातदिन खटेर भए पनि कोभिड उपचार केन्द्र निर्माण गरी सञ्चालनमा रहेको छ । एमबिबिएस डाक्टरसहित उर्लाबारी–८ को राजघाट स्वास्थ्य चौकीमा कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । मेयर फागोकै पहलमा १० थान अक्सिजनसहित बेड, खानेपानी, विजुलीलगायतको काम गरिएको थियो । नगरवासीको सुरक्षा स्थानीय सरकारको पहिलो प्राथमिकता भएकोले आफ्नो कुनै प्रवाह नगरी जनप्रतिनिधिहरु सक्रिय रहेको उहाँको भनाई छ । उर्लाबारी नगरपाकिाले कोरोना संक्रमितहरुलाई नगरको एम्बुलेन्समार्फत अस्पताल पु¥याउने काम गरिरहेको छ । २४ सैं घण्टा एम्बुलेन्स नगरबासीहरुका लागि परिचालन गरिएको छ । उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण ९ जनाको मृत्यु भइसकेको छ भने ८९ जना सङ्क्रमितको संख्या पुगिसकेको छ । कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको र शव अन्तेष्टीका लागि शव बोक्न गाडीहरुले आनाकानी गरेपछि नगरपालिकाले नै शवबहानका लागि गाडी प्रबन्ध गरेको छ । यो महामारीको अवस्थामा नगरबासीका लागि सानो भएपनि सहयोग गरिरहेका मेयर फागोको भनाई छ । जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले क्षमताले भ्याएसम्म जनहितमा काम गर्ने सवालमा पछि नहट्ने मेयर फागोको भनाई छ । यो उपचार केन्द्र सुरु भएपछि अक्सिजनकै लागि विराटनगर, धरान सम्म ५०÷६० किलोमिटरको लामो दुरी धाउनु पर्ने बाध्यता पनि हटेको छ । नगरपालिकाले कोरोना सङ्क्रमणको बेला बृद्धबृद्धा, अपाङ्गता भएका, दीर्घरोगीहरूलाई प्राथमिकतामा राखेको छ । उनीहरूले नियमित रूपमा प्रयोग गर्नु पर्ने औषधि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवा स्वास्थ्यकर्मीको माध्यमबाट जनताको घरदैलोमै पु¥याउन थालिएको छ । मेयर फागोकै निर्देशनमा स्वास्थ्यकर्मीहरु जनताको घरदैलोमा पुगेर सेवा दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय