काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ जना र एन्टिजेनबाट ५२ जना गरी थप ७ हजार ३६८ जनालाई संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको छ ।
२४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार १ जना पुगेको मन्त्रालयले जनाएको छ ।























