उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरङको नेतृत्वमा ११ वटा अक्सिजनका सिलिन्डर उर्लाबारी नगरपालिकालाई उपलब्ध गराएका छन् ।
उर्लाबारीका ग्यारेजलगायतमा रहेका अक्सिजनका सिलिन्डर खोजेर उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई हस्तान्तरण गरिएको हो । सेरेङसहित अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु, युवा नेता राजन रायमाझीलगायतले अक्सिजनका सिलिन्डर खोजेर नगरपालिकामा उपलब्ध गराएका छन् । उर्लाबारीमा अक्सिजनको अभाव नहोस् भन्ने हेतुले अक्सिजनका सिलिन्डर नगरपालिकालाई हस्तान्तरण गरेको सेरेङले जानकारी दिनुभयो । मेयर फागो तथा नगर प्रहरीले समेत अक्सिजनका सिलिन्डर खोज्न सहयोग गरेको उहाँको भनाई छ । उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय