झापा,कोरोना भाइरसबाट संक्रमित झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या आएपछि उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो।

उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको अर्जुनधारा नगरपालिकाले जनाएको छ।

लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन। उपचारकै क्रममा सोमबार बिएन्डसी अस्पतालमा निधन भएको हो।

उनकाे निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे। उनकाे २ बजेर ३० मिनेटमा निधन भएकाे प्रजिअ तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय