
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीमा निषेधाज्ञा थप कडा बनाउने बताउनुभयो ।
पूर्वी नेपाल अनलाइनसँग कुराकानी गर्दै मेयर फागोले उर्लाबारीमा कोरोना संक्रमितको संख्या १ सय २३ जना पुगिसकेकाले थप कडा पार्न आवश्यक भएको बताउनुभएको हो । उर्लाबारीमा दोस्रो चरणको कोरोनाकै कारण ९ जनाको मृत्यु भइसकेको छ । उहाँले कोरोनालाई खेलाची नगर्न सम्पूर्ण नगरबासीमा अपिल गर्नुभएको छ । उहाँले अनावश्यक हिँड्डुल नगर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न सबै नगरबासीमा आग्रह गर्नुभएको छ । जनपथ प्रहरीसँगसँगै नगर प्रहरीसमेत निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न खटिने र अनावश्यक हिँड्डुल गर्नेलाई कावार्ही गर्ने भएकाले घरमै बसेर सहयोग गर्न अपिल गर्नुभयो ।