उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरससँग बजारमा कृत्रिम अभाव सिर्जना गरी ब्यापारीहरुले कालोबजारी गरिरहेको भन्दै वाइसिएल नेपाल उर्लाबारी नगर कमिटीले कालोबजारी रोक्न माग गरेको छ ।
नगरबासीहरुमा आज अपिल गर्दै वाइसिएल नेपाल उर्लाबारी नगर कमिटी अध्यक्ष देबेन्द्र खड्काले विषम परिस्थितिमा जनतालाई ठगी गर्नेलाई अनुगमन गरी कडा कार्वाही गर्न माग गर्नुभयो । वाइसिएलले कोरोना संक्रमण फैलिन नदिन प्रशासनले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ ।
यस्तो छ अपिल
नगरबासीमा अपिल
दोस्रो चरणमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मुलुक आक्रान्त बनिरहेको अवस्था छ । त्यसबाट हाम्रो उर्लाबारी नगर पनि अछुतो रहन सकेन । दैनिक कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन थपिरहेको छ । यो विषम परिस्थितिमा कोरोना संक्रमणविरुद्धमा बेलैमा सचेत र सजग रहन आवश्यक देखिन्छ । कोरोना भाईरसको नयाँ भरियन्ट तीब्र गतिमा बढिरहेको र पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भईरहेको छ । सबै संक्रमित व्यक्तिहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनाका साथै अल्पायुमै ज्यान गुमाउन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै संक्रमितको प्रभावकारी उपचार तथा ज्यान गुमाउनेका परिवारलाई राहतको ब्यवस्था मिलाउन पनि तीनै तहका सरकारलाई जोडदार माग गर्दछौं ।
यो विषय परिस्थितिमा पनि उर्लाबारी नगरभित्र कालोबजारी मौलाएको छ । अस्वभाविक मूल्य बुद्धि गरी जनतालाई ठगी गर्ने काम भइरहेकोप्रति बाईसीयल उर्लाबारी नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ । सम्बन्धित निकायलाई बजार अनुगमन गरी त्यस्तो कार्य गर्ने जोकोहीलाई कार्वाही गर्न जोडदार माग गर्दछौं । साथै, कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय मोरङले लागु गरेकोे निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछौं । बालक र वृद्धहरुले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुन पानीको प्रयोग गरी पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अपिल गर्दछौं । निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजानिक स्थान र स्थलहरुमा भिडभाड भएको देखेमा आफैले सो भिडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गर्दछौं । साथै नगरबासीमा कोभिड सम्बन्धी कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत हामी अनुरोध गर्दछौं । ‘सम्पुर्ण नगरबासीहरु सबै स्वस्थ र सुरक्षित रहौं सबै मिलेर विश्वमा महामारीको रुपमा फैलिएको यो कोभिडबाट उर्लाबारी नगरीलाई जोगाउ र यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भुमिका निर्वाह गर्न आवश्यक छ ।
बाईसिएल नेपाल उर्लाबारी नगर कमिटी परिवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय