
उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना भाइरसका १२ जना संक्रमित थपिएका छन् । उर्लाबारी नगरपालिका कोभिड उपचार केन्द्रका अनुसार २२ जना परिक्षण गरिएकामध्ये १२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै उर्लाबारीमा १ सय ३५ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।