
उर्लाबारी । नेकपा माओवादी केन्द्र रतुवामाईले गरिब तथा विपन्न बस्तीमा माक्स र सेनिटाईजर वितरण थालेको छ ।
मोरङको रतुवामाईमा कोरोना संक्रमणको दर बढिरहेका बेला त्यसबाट बच्न र सुरक्षित रहन केही सहयोग मिलोस् भन्ने हेतुले माओवादीले रतुवामाई नगरपालिकाको दक्षिणी भेगका वार्डका गरिब तथा बिपन्न बर्गका स्थानीयहरुलाई सेनिटाइजर तथा माक्स बितरण गरेको छ । समितिले रतुवामाई नगरपालिका वडा नं.२,३,४ र ६ मा रहेका गरिब तथा बिपन्न बर्गका जनताहरुलाई ३ हजार माक्स र ५ लिटर सेनिटाइजर बितरण गरिएको छ । उक्त माक्स र सेनिटाइजर नेकपा माओवादी केन्द्र रतुवामाई नगर समितिका सचिब निलम खड्काले स्थानीय प्रतिनिधि महेन्द्र सोनार, मनोज शर्मा, शुक्रराज राईलगायतलाई हस्तान्तरण गर्नु भयो । त्यस्तै सचिव निलम खड्काले रतुवामाईका पत्रकारहरूलाई पनि माक्स र सेनिटाईजर बितरण गर्नुभएको छ । नगर माओवादी केन्द्रले आउँदा दिनमा पनि रतुवामाइ नगरपालिकाका अन्य वाडका गरिब तथा विपन्न बर्गका जनतालाई माक्स र सेनिटाइजर सहयोग गर्दै जाने सचिव खड्काले जानकारी दिनुभयो ।