
काठमाडौँ। नेपालमा पनि कोरोनाभाइरसको तेस्रो भेरियन्ट पनि भेटिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को तेस्रो भेरियन्ट पत्ता लागेको जानकारी दिएका हुन् ।
विश्व स्वास्थ्य संगठनसहितको समन्वयबाट भएकाे नमुना परीक्षण गर्दा तेस्रो भेरियन्ट भेटिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।