
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार १७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ६० हजार ४०३ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३५८ जना रहेको छ ।
२४ घण्टामा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ६५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।