उर्लाबारी । नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाईसीएल उर्लाबारी नगर कमिटीले कोरोना कालमा आफ्नो सशक्त भूमिका निर्वाह गरिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा वाईसीएलले पहिलो चरणमा नगर क्षेत्रका विभिन्न ठाउँमा मास्क वितरण गरेको थियो । त्यसपछि उसले सचेतनामूलक कार्यक्रमको समेत आयोजना गरेको थियो ।
वाईसीएलले बुधबारदेखि स्यानिटाइजिङ अभियान सुरु गरेको छ । वाईसीएल प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष राजीव लिम्बूका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय उर्लाबारी,राजघाट स्वास्थ्य चौकी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर,उर्लाबारी ट्राफिक बिटमा स्यानिटाइजिङ गरेको छ । यस्तै वाईसीएलले उर्लावारीका दुई जना कोरोना संक्रमितको घरमा पनि डिसइन्फेक्टेन्ट छर्केको छ ।
उर्लाबारी नगरपालिकासँगको समन्वयमा वाईसीएलले यो अभियान सुरु गरेको केन्द्रीय निर्वाचन कार्यालयका सदस्य दिपक आले मगरले जानकारी दिनुभयो । मंगलबार मात्रै वाईसीएलले एक विज्ञप्ती जारी गर्दै मोरङ प्रशासनले लागू गरेको निषेजधाज्ञा पूर्ण रुपमा पालना गर्न र गराउन सबैलाई अनुरोध गरेको थियो । वाईसीएलले उर्लावारी नगर क्षेत्रभित्र कालोबजारी मौलाएको बताउँदै अस्वभाविक मूल्य वृद्धि गरी जनतालाई ठगी गर्ने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो । उसले सम्बन्धित निकायलाई बजार अनुगमन गर्न र कालोबजारी गर्नेलाई कारबाहीको समेत माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय