उर्लाबारी । नेकपा माओवादी केन्द्रका नेता चेतराज श्रेष्ठले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर कोभिड उपचार केन्द्रमा सहयोग गर्नुभएको छ ।
कोभिड विरामीहरुलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गर्नुभएको हो । उर्लाबारी–३ स्थित कोभिड उपचार केन्द्रमा रहेका बिरामीहरुलाई खाद्यान्यमा सहयोग पुगोस् भनेर चामल, अण्डालगायत सहयोग गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।























