
उर्लाबारीमा आज १० जना कोरोना संक्रमित थपिएका छन् । उर्लाबारी नगरपालिका कोभिड उपचार केन्द्र उर्लाबारी–८ का अनुसार २० जनामा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ७ महिला र ३ जना पुरुष रहेका छन् । यो सँगै उर्लाबारीमा कोरोना संक्रमितको संख्या १ सय ३९ पुगेको छ ।