काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८०जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ८ हजार ९८०जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र ७४८ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेको छ ।
२४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।























