उर्लाबारी । नेकपा माओवादीनिकट युवा संगठन वाइसिएल नेपाल उर्लाबारी नगर कमिटी कोरोना भाइरसको संक्रमण थप नफैलियोस् भनेर दिनरात खटिरहेको छ ।
कोरोना संक्रमितका घरघरमा सेनिटाइज गर्न वाइसिएलका केन्द्रीय निर्वाचन कार्यालय सदस्य दिपक आलेमगर, प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष राजिब लिम्बू, मिलन दाहाल, जिल्ला सदस्य सविन घिमिरे, उर्लाबारी नगरअध्यक्ष देबेन्द्र खड्कालगायतको टिम खटिरहेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारी तथा मातहतका कार्यालय, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, कोभिड उपचार केन्द्र राजघाट साथै संक्रमितका घरघरमा पुगेर सेनिटाइज गरिएको जिल्ला सदस्य सविन घिमिरेले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सबै तह तप्कामा रहेका ब्यक्ति तथा संघसंस्था, राजनीतिक दलहरु लागि पर्नु पर्ने उहाँको भनाई छ । यसअघि माक्स वितरण तथा सचेतना कार्यक्रम, सरसफाईलगायत कार्यक्रम बाइसिएलले गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय