विराटनगर : प्रदेश १ आइतबार ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, रभोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगर महानगरपालिकामा ९४ महिला र १३३ पुरुषसहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीय तह नखुलेका ४ जना संक्रमित भएका छन् ।

झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७–७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४, चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१ संक्रमित थपिएका छन् ।

इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १–१, खोटाङको दिप्रुङचुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।

आइतबार ९३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय