उर्लाबारी । संसद विघटनको विरोधमा नेकपा माओवादी केन्द्रको भातृ संगठन बाईसिएल नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
वाईसिएलका कार्यकर्ताले मसाल जुलुस र पुत्ला दहन गरेको हो । मोरङको उर्लाबारी चौक, बरगाछी र आइतबारेमा जुलुससहित पुत्ला दहन गरेको उर्लाबारी नगर अध्यक्ष देबेन्द्र खड्काले जानकारी दिनुभयो । वाईसिएल नेपालका केन्द्रीय निर्वाचन कार्यालय सदस्य दिपक आले मगर, प्रदेश सदस्य राजिब लिम्बू, मिलन दाहाल, खगेन्द्र पराजुली, चन्द्र धिमाल, जिल्ला सदस्य बासु घिमिरेलगायतको उपस्थितिमा मसाल जुलुस र पुत्ला दहन गरिएको थियो । केन्द्रीय निर्वाचन कार्यालयका सदस्य आले मगरले कोरोनाको महामारीको बेला चुनाबको घोषणा गरेर जनतामाथी खेलबाड गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको मतियारको रुपमा राष्ट्रपतिले काम गरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय