उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसका कारण उर्लाबारी जोखिममा परेको छ । उर्लाबारीमा दोस्रो चरणमा १६ जनाको मृत्यु भइसकेको छ भने २ सय ५६ जना संक्रमितको संख्या पुगिसकेको छ । जसमध्ये ८६ जना निको भएका छन् भने १ सय १७ जना अझै सक्रिय संक्रमितको संख्या छ । खाद्यान्य र अतिआवश्यक बाहेक सबै पसल बन्द गर्ने निर्णय भएपनि अटेरी गरी पसल खोल्ने ब्यापारीहरुलाई निगरानी बढाइएको छ । नगर प्रहरी, जनपथ प्रहरीसहितको टोलीले निगरानी बढाएको छ । अटेरी गर्ने ब्यवसायीहरुलाई सिधै कार्वाही गर्ने तयारी थालिएको छ । पटक पटक सम्झाउँदासमेत अटेरी गर्नेलाई कार्वाह ीगर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय