उर्लाबारी । तत्कालिन उर्लाबारी गाबिसका उपाध्यक्ष कुमार धिमालको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।
झापाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा आज विहान निधन भएको हो । उर्लाबारी–२ सालबारी निवासी धिमाल २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्ष बन्नु भएको थियो । उहाँले संयुक्त उम्मेद्वार राप्रपाका शोभित बहादुर निरौलालाई हराउनु भएको थियो । उहाँ पञ्चायतकालसमेत सदस्य भई काम गर्नुभएको थियो । नेकपा एमालेका सक्रिय कार्यकर्तासमेत रहनु भएका ६७ बर्षीय धिमाल धिमाल जातिय विका केन्द्र उर्लाबारीको न्याय तथा अनुशासन विभागको प्रमुखसमेत रहेर काम गर्दै आउनु भएको थियो । उहाँ धिमाल समूदायको अभिभावकको रुपमा रहनु भएको थियो ।























