उर्लाबारी । २५६५औं बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले कोरोना भाइरसको संक्रमण ब्यापक फैलिरहेकाले घरघरमै बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको हो । उहाँले उर्लाबारी नगरबासीहरुलाई बुद्व जयन्ती तथा उभौली पर्व यसपाली घरघरमै मनाउन तथा आफन्तहरुसँग फोन, सामाजिक सञ्जालबाटै शुभकामना साटासाट गर्न र निषेधाज्ञाको पालना गर्दै कोरोनाबाट जोगिनका लागि पनि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय