उर्लाबारी । आज विहान उर्लाबारी–२ का कुमार धिमालको कोरोना संक्रमणका कारण मृत्यु भयो । अन्तेष्टीका लागि सालबारी सामुदायिक वन क्षेत्रमा लगियो । मलामी, परिवारका सदस्य तथा आफन्त भेला भएका थिए । जेसीबीले अन्तेष्टीका लागि खाल्डी खनियो ।
अन्तेष्टीका लागि नेपाल आर्मीको टोली आउने बताएपनि केही समय पर्खिएपछि अझै समय लाग्ने खबर आएपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो स्वम् शव व्यवस्थापनमा आफै जुट्नुभयो । मेयर फागो आवश्यक स्वास्थ्य उपकरण पिपिइ, माक्स, फेस सिल्ड र सेनिटाइजरको प्रयोग गरी शव व्यवस्थापनमा जुट्नु भयो । त्यसपछि परिवारका सदस्यहरु पनि जुट्नु भएको थियो । नगरपालिकाले कोभिडको रोकथाम र नियन्त्रणका लागि आवश्यक नीति, नियम र व्यवस्थापनको प्रवन्ध गरेको छ जसलाई नगरवासीहरुले आत्मसाथ गर्दै स्थानिय सरकारलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय