काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजार २२६ जना कोरोनामुक्त भएका छन् ।

योसहित निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ ।

गत २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ६२२ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ जना रहेको छ ।

२४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ९५१ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय