उर्लाबारी । उर्लाबारी नगरपालिकाले शुक्रबार शोक विदा दिएको छ ।
तत्कालिन उर्लाबारी गाबिसका उपाध्यक्ष कुमार धिमालको कोरोना संक्रमणका कारण जेठ १२ गते मृत्यु भएपछि शोक विदा दिएको हो । उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले हस्ताक्षर गरी जारी गरिएको सूचनामा पूर्व गाविस उपाध्यक्ष धिमालको निधनले स्तब्ध भएको र शोकाकुल परिवारप्रति समवेदनासमेत प्रकट गरिएको छ । उर्लाबारी–२ सालबारी निवासी धिमाल २०५४ सालको स्थानीय निर्वाचनबाट उपाध्यक्ष बन्नु भएको थियो ।























