दोस्रो चरणमा फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाका कारण अपाङ्ग तथा असहाय बढी समस्यामा परेका छन् । त्यसैलाई मध्यनजर गरेर उर्लाबारीभरिका अपाङ्ग तथा असहायलाई खाद्यान्य सहयोग गर्न थालिएको छ । उर्लाबारी–७ की ममता राना मगर र उर्लाबारी–८ की सविता धिमालको अगुवाईमा खाद्यान्य वितरणको काम सुरु गरिएको हो । आज उर्लाबारी–४ का दृष्टीविहीन होम बयलकोटी र राजकुमार राईको परिवारलाई २५ केजी चामल, दुई केजी दाल, १ लिटर तेललगायत सामग्री हस्तान्तरण गरिएको छ । निरन्तर रुपमा समस्यामा परेका अपाङ्ग तथा असहायलाई सहयोग गर्ने अभियानकी सदस्य ममता राना मगरको भनाई छ । उहाँले यो विषम परिस्थितिमा समस्यामा परेकालाई एकअर्काले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय