
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।
राणाले शुक्रबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने गरेर संवैधानिक इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीश राणाले न्यायपरिषदले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन् ।
शुक्रबारदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिटमाथि सुनुवाई हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली मिलेर प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसहितका दलहरू र अधिवक्ताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेर रिट दायर गरेका थिए ।