उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकार लागि परिरहेको अवस्था छ । जसमध्ये स्थानीय सरकार प्रत्यक्ष रुपमा जनतासँग नजिक रहेका काम गरिहेको छ ।
उर्लाबारी नगरपालिका कोरोना नियन्त्रणमा निकै सक्रिय रहेको छ । कोरोना भाइरस नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उर्लाबारी नगपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । कोरोनाकै कारण उपचार नपाएर कसैको मृत्यु नहोस् भनेर निरन्तर खटिरहेको उहाँको भनाई छ । नगरपालिकाले उर्लाबारी–८ मा कोभिड उपचार केन्द्र निर्माण गरेर अक्सिजन अभाव भएका बिरामीको उपचार गरिरहेको छ भने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि कोभिड उपचार केन्द्र रहेको छ । निजी स्तरमा गोदावरी हस्पिटलमा पनि कोभिड उपचार केन्द्र छ । नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा दुई जना एमबीबीएस डाक्टरलाई करारमा नियुक्ति गरेर उर्लाबारी नगरबासीलाई कोरोनाबाट बचाउन सक्रियपूर्वक लागि परेको छ । एन्टिजेन परिक्षणसमेत नगरपालिकाले निशुल्क गरिरहेको छ । चाँडै नै मेयर फागोको आग्रहमा सहयोगीदाताले भेन्डिलेटर प्रदान गर्न लागेका छन् । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञालाई कार्यान्वयन गर्दै उर्लाबारीबासीलाई सुरक्षित रुपमा रहनका आगि अपिल, माक्स, सेनिटाइजर, पीपीई, फेस सिल्डको ब्यवस्था, कोरोना संक्रमितहरुको उपचारका लागि लैजाने एम्बुलेन्सको ब्यवस्थापन तथा अक्सिजनसहित कोभिड उपचार केन्द्र स्थापना, होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई कुनै समस्या भए तत्काल उपचारका लागि सहजीकरण गर्ने काम गरिरहेको छ । कोभिडका कारण मृत्यु भएकालाई अन्तेष्टी स्थलसम्म पु¥याउन शव बहान र आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने काम नगरपालिकाले गरिरहेको छ । मेयर फागो स्वम् कोरोना संक्रमितको शव ब्यवस्थापनमा खटिने गर्नुभएको छ । अहिलेको विषय परिस्थितिमा ज्यान बचाउनु पहिलो प्राथमिकताको कुरा भएकाले त्यसैमा नगरपालिकाले जोड दिइरहेको उहाँको भनाई छ । उपचारको अभावका कारण उर्लाबारीबासीको मृत्यु नहोस् भनेर सक्रियतापूर्वक काम गरिरहेको उहाँले बताउनुभयो । जनताले तिरेको करबाट स्वास्थ्य सामग्री खरिदमा कुनै रकम हिनामिना नहोस् भनेर मेयर फागो निरन्तर अनुगमन तथा खबरदारी गर्दै आउनु भएको छ । उहाँले कोरोना खोप खरिदका बारेमा आवश्यक परामर्श भइरहेको भएपनि स्थानीय तहले खरिद गर्न नमिल्ने जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ स्थानीय तहले खरिद गरी ल्याउन सक्ने अवस्था बन्यो भने हामी पहिलो नम्बरमै ल्याउँछौं । ’ कोरोनाको महामारीमा लोकप्रियता र चर्चा भन्दा पनि जनतालाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा आफु लागि परेको उहाँले उल्लेख गर्नुभयो । विषम अवस्थामा जनताको साथमा सरकार छ भन्ने अनुभूति दिने गरी काम गर्ने प्रयासमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले जनतालाई कोरोना कहरको बेला घरघरमा आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवासमेत दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय