काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७४९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ एक सय जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ५ हजार २२५ जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख २० हजार ८१६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ जना रहेको छ ।

२४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय