काठमाडौँ । निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय मोडल परिवर्तनका लागि जुटेको छ ।
सरकराले सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलले निषेधाज्ञाको मोडालिटी परिवर्त गर्न लागिएको हो । गृह मन्त्रालयले विद्यालय÷विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी÷सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल जारी रहेको र यसबारे छिट्टै त्यसको मोडालिटी ल्याइने भएको छ । अहिले अत्यावश्यक सेवा र प्रशासनको अनुमतिबाहेकका क्षेत्र सबै बन्द छन् ।























