काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले एक अर्कालाई गरेको कारवाही कानुनसम्मत नदेखिएको फैसला सुनाएको छ ।
आइतबार आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।
‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन,’ आयोगको गरेको फैसलामा भनिएको छ, ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम… अद्यावधिक गर्न मिलेन ।’























