उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सञ्चार क्लब नेपालको भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
आज उर्लाबारी वडा नं. ६ मा रहेको जग्गाको स्थलगत निरीक्षण गर्दै मेयर फागोले भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको हो । उर्लाबारी–६ का जंगबहादुर कार्की, अमृतबहादुर तामाङ र ज्ञानु बास्कोटाले निःशुल्क क्लबको भवन निर्माण गर्न ६ कट्ठा जग्गा प्रदान गर्नुभएको क्लबका पूर्वअध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीलगायतका टोलीले समेत थप आवश्यक सहयोग गर्ने बताउनु भएको छ । क्लबका अध्यक्ष सरोज बस्नेतले चाँडै नै छलफल गरेर भवन निर्माणका लागि प्रक्रिया थालनी गरिने जानकारी दिनुभयो ।























