उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौंमा हुने चुनाबी साधारणसभामा पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
ब्यापारीको पिरमर्कामा कसैले ध्यान नदिएकाले आफुले उम्मेद्वारी दिने घोषणा गरेको उहाँले बताउनुभयो । कोरोना कहर र निषेधाज्ञाका कारण ब्यापार ब्यवसाय चौपट बनेको भएको पनि कसैले ब्यापारह?को समस्या समाधानमा चासो नदिएपछि बाध्य भएर स्वतन्त्र उम्मेद्वारी दिन ब्यापारी साथीह?को अनुरोध आएपछि सो निर्णय लिएको शाक्यको भनाई छ । अधुरा काम गर्न र ब्यपारीह?को पिरमर्कामा सारथी बन्नका लागि आफ्नो उम्मेद्वारी रहेको शाक्यले प्रष्ट पार्नुभएको छ । शाक्य अ? बोल्ने आफु काम गर्ने मान्छे भएको दाबी गर्नुहुन्छ । स्वतन्त्र उम्मेद्वारी दिएर अध्यक्षमा निर्वाचित हुनु भएका शाक्य गत निर्वाचनमा भने पराति बन्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय