उर्लाबारी । युवा पुस्तामा परिचित नाम हो, सुरेन्द्र लिम्बू । युवा ब्यवसायी लिम्बू नेपाली कांग्रेस वडा नं. ५ का सभापति हुनुहुन्छ ।
मिलनसार र सहयोगी लिम्बू युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । अबको नेतृत्व युवाहरुमा हस्तान्तरण गर्नु पर्नेमा जोड दिँदै अधिकांश युवाहरुले लिम्बूलाई सभापतिको रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिन थालेका छन् । कोरोना भाइरसको समयमा लिम्बूले नगरबासीहरुमा ठूलो सहयोग गरिरहनु भएको छ । सहयोग गरेको कुरा प्रचार गर्न नरुचाउने लिम्बूले नेपाल तरुण दल उर्लाबारीमार्फत नगरभरीकै विपन्न समूदायलाई राहत वितरण गर्नुभएको छ भने समस्यामा परेका हरेकलाई साथ र सहयोग गर्दै आउनु भएको छ । उहाँकै नेृतत्वमा कोरोना उपचार केन्द्रमा २ थान मनिटर प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय