काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । खनाललाई बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उनको उपचार जारी छ । उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो ।

ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने आँकलन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय