उर्लाबारी । उर्लाबारी नगरपालिकाले २०७८÷०७९ को बजेट जनमुखी र उत्पादनमूलक बनाउन लागि परेको छ ।
केही दिनदेखि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरे, भरत अधिकारी, सुमित खवाललगायत कार्ययोजना बनाउन खटिरहनु भएको हो । तालिम र गोष्टीका नाममा हुने खर्च कटौती गरी उत्पादनमूलक बनाउन नगरपालिकाले जोड दिएको छ । असार १० गते हुने नगरसभाका लागि कार्ययोजना बनाउन मेयर फागोसहित कर्मचारीहरु तीनदिनदेखि निरन्तर मध्यरातसम्म खटिरहेका छन् । बजेट दुरुप्रयोग रोक्न अनावश्यक र जनमुखी कार्यक्रमहरु ल्याउनका लागि कार्ययोजना तयार पारिरहेको उहाँले जानकारी दिनुभयो । जनताले तिरेको करलाई जनताकै सर्वोत्तम हित हुने कार्यक्रममा बजेट पुगोस् भन्ने हेतुका साथ काम भइरहेको उहाँको भनाई छ । विपन्न तथा लक्षित वर्गलाई आत्मनिर्भर बनाउन नगरपालिकाले यस पटक उत्पादनमूलक कार्यक्रममा जोड दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय