काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ५६९ पीसीआर र ५ हजार ४६८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार २० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४९ हजार ६८२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ जना रहेको छ ।
२४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६४१ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























