काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार प्रदेशसभाबाट पोखरेलले विश्वासको मत हासिल गरेका हुन् ।
बैठकमा प्रस्तावको पक्षमा ३१ मत खसेको छ । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।























