उर्लाबारी । मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जनताको हित हुन्छ भने मागेर नपाउने अधिकार खोसेर भएपनि लिनु पर्ने धारणा राख्नु भएको छ ।
आज उर्लाबारीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्ने सवालमा कुनै सम्झौता गर्न नहुने सभापति फागोको भनाई छ । रातदिन खट्ने कार्यकर्ताहरुले क्रियाशिल सदस्यता नपाउने र पैसाको आडमा कसैले पाउँछ भने त्यो कुनै हालतमा मान्य नहुने उहाँको भनाई छ । उहाँले पैसाका लागि क्रियाशिल सदस्यता बाँड्ने हो भने १० बर्ष काग्रेसलाई ठेक्कामा दिएर ब्यवसाय गर्न नेतृत्वलाई अपिल गर्नुभयो । स्पष्ट धारणा राख्दै आउनु भएका सभापति फागोलाई पुनः क्षेत्रीय सभापतिमा उठ्न कार्यकर्ताहरुले जोड दिइरहेका छन् । सभापति फागोकै कारण कांग्रेसमा उर्जा पैदा भएकाले एक पटक पुनः सभापति बनेर काम गर्न युवाहरुले निरन्तर दबाब दिइरहेका छन् । सभापति फागोले भने यस बिषयमा कुनै धारणा नबनाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय