उर्लाबारी । उर्लाबारीका चार जना युवाहरुले उर्लाबारी नगरपालिकाद्धारा सञ्चालित कोभिड उपचार केन्द्रलाई २ थान मनिटर प्रदान गरेका छन् ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई उर्लाबारी–५ का युवा व्यवसायीहरु सुरेन्द्र लिम्बु, बबी निरौला, रोहित थापा र रकम श्रेष्ठले २ लाख ८० हजार मुल्य बराबरको पोटेवल मल्टी पारामिटर पेसेन्ट मनिटर प्रदान गर्नुभएको हो । कोभिडको महामारीको समयमा नगरपालिकाले राजघाट स्वास्थ्य चौकीमा संचालन गरेको कोभिड उपचार केन्द्रमा नगरबासीको उपचारमा मद्दत पुगोस् भनेर उक्त मेशिन प्रदान गरेको टोलीका सदस्य सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । मेयर फागोले सहयोगी युवा व्यवसायीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कोभिडको रोकथामको सबै किसिमका प्रयास भईरहेको बताउनुभयो । केही समयअघि मनिटर प्रदान गरिएको थियो भने आज एक थान प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय