उर्लाबारी । उर्लाबारीका चार जना युवाहरुले उर्लाबारी नगरपालिकाद्धारा सञ्चालित कोभिड उपचार केन्द्रलाई २ थान मनिटर प्रदान गर्नुभयो ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई उर्लाबारी–५ का युवा व्यवसायीहरु सुरेन्द्र लिम्बु, बबी निरौला, रोहित थापा र रकम श्रेष्ठले २ लाख ८० हजार मुल्य बराबरको पोटेवल मल्टी पारामिटर पेसेन्ट मनिटर प्रदान गर्नुभएको हो । कोभिडको महामारीको समयमा नगरपालिकाले राजघाट स्वास्थ्य चौकीमा संचालन गरेको कोभिड उपचार केन्द्रमा नगरबासीको उपचारमा मद्दत पुगोस् भनेर उक्त मेशिन प्रदान गरेको टोलीका सदस्य सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । मेयर फागोले सहयोगी युवा व्यवसायीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कोभिडको रोकथामको सबै किसिमका प्रयास भईरहेको बताउनुभयो । केही समयअघि मनिटर प्रदान गरिएको थियो भने सोमबार एक थान प्रदान गरिएको छ ।
को हुन् मनकारी यी युवा ?
उर्लाबारी–५ का सुरेन्द्र लिम्बू नेपाली कांग्रेस उर्लाबारी वडा नं. ५ मा सभापति हुनुहुन्छ । पूर्वेली क्रसर उद्योगका सञ्चालकसमेत रहनु भएका लिम्बूले उर्लाबारी–५ मै हिरो ब्राण्डको सोरुम सञ्चालन गर्नुहुन्छ । मिलसार र सहयोगी भावनाका लिम्बू युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । अर्का युवा हुन्, रकम श्रेष्ठ । निर्माण ब्यवसायीसमेत रहनु भएका श्रेष्ठ सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । सहयोग गरेपनि प्रचारमुखी गर्न नरुचाउने युवा ब्यवसायी श्रेष्ठ कोभिडको संक्रमणको अवस्थामा विपन्न समूदायलाई खाद्यान्य वितरणमा सहयोग समेत गरिरहनु भएको छ । त्यस्तै, अर्का युवा हुनुहुन्छ रोहित थापा । उर्लाबारी वडा नं. ५ का वडा सदस्यसमेत रहनु भएका थापा निर्माण ब्यवसायसमेत हुनुहुन्छ । त्यस्तै, बबी निरौला पनि युवा ब्यवसायी हुनुहुन्छ । निरौला सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । नेपाल तरुण दल उर्लाबारीले वितरण गरिरहेको खाद्यान्यमा चारै जनाले साथ र सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय