उर्लाबारी । कोरोना संक्रमणका कारण मोरङको उर्लाबारीमा थप एक जनाको मृत्यु भएको छ ।
उर्लाबारी वडा नं. २ का करिब ६० बर्षीय पुरुषको मृत्यु भएको हो । उहाँको कोभिड अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको छ । यो सँगै दोस्रो चरणमा उर्लाबारीमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।























