उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले यस पटकको बजेटमा जनमुखी र परिणाममुखी बनाउने प्रयास गर्नुभयो । जसमा तालिम, गोष्टी, सेमिनार जस्ता फुजल खर्च हुने कार्यक्रम सबै काटिए ।
मेयर फागोले मध्यरातसम्म बसेर बजेटको खाका परिणामुखी बनाउने गरी तयार पार्नुभयो । तर, उपमेयरसहित वडाध्यक्षहरुले योजना तर्जुमा खाकाअनुसारको बजेटमा भारी कटौती भयो । त्यसपछि मेयर फागो रुष्ट बन्नु भएको थियो । आजको नगरकार्यपालिका बैठकबाट पास गरेरै लैजाने तयार पनि भएपनि मेयर फागोले ल्याएका योजना काटिएपछि बैठक सुरु हुन साथ स्थगित भयो । मेयर फागो जनताले तिरेको करबाट जनताको हितमा काम गर्न नदिने भन्दै बैठकबाट उठेर बाहिरिनुभयो । मेयर फागोले आफु जनताको हितमा काम गर्न आएको उल्लेख गर्दै जनभावना विपरीत बजेट काटिएकोप्रति रोष्ट प्रकट गर्नुभयो । मेयर फागोको कदमप्रति उपमेयर, नेकपा एमालेका ४, कांग्रेसका ३ वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । उनीहरुले १० वटा प्रश्नसमेत गरेका छन् । यता नेपाल तरुण दल उर्लाबारीले मेयर फागोले ल्याएको जनमुखी बजेट रोक्न चौतर्फी घेराबन्दी गरेको भन्दै विरोध जनाएको छ । कांग्रेसबाट निर्वाचत वडाध्यक्षहरुसमेतले मेयर फागोलाई घेराबन्दी गरेको भन्दै सच्याउन अनुरोध गरेको छ । विवादका बीच भोली उर्लाबारी नगरपालिकाको नगरसभा हुँदैछ ।























