पथरी, मोरङको पथरी शनिश्चरे नगरको नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८÷७९ का लागि नीति, कार्यक्रम र बजेट पारित भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले आर्थिक वर्ष २०७८÷७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।























