पुजन दास
सिजुवा । मोरङको रतुवामाई नगरपालिकाको आठौं नगरसभा आज बसेको छ ।
नगरप्रमुख रविन राई कोरोना संक्रमणका कारण होमआइसोलेशनमा रहेका कारण उपप्रमुख दमयन्ता चुडालले सभाको अध्यक्ष्ँता तथा आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि ६७ करोड ४५ लाख ५२ हजार ९ सय १० रुपैयाँ बराबरको बजेट पेश गर्नुभयो ।























