उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ । ७९ का लागि ८५ करोड ७४ लाख ३४ हजार ६ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको सातौं नगरसभामा उपप्रमुख लक्ष्मी देवी भण्डारीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्ष २०७८ । ७९ का लागि प्रस्तावित बजेटका स्रोतहरुमा आन्तरिक आय ७ करोड ३ लाख ३४ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय राजश्वबाट ९ करोड ३४ लाख ८६ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय सरकारबाट बित्तीय समानिकरण मार्फत १७ करोड ११ लाख, सशर्त अनुदान ३६ करोड ६८ लाख, बिशेष अनुदान ८४ लाख र समपुरक अनुदान १ करोड हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट बित्तीय समानिकरणमा १ करोड ७५ हजार र सवारी कर बाँडफाँडबाट ९० लाख ८७ हजार ८ सय रुपैयाँ आउने अनुमान गरिएको छ । त्यसैगरी सडक बोर्डबाट ४० लाख, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनबाट ४१ लख ५१ हजार ८ सय ८० रुपैयाँ, नगरको सन्चित रकम ७ करोड र अन्य रजिष्ट्रेसन बाँडफाँडबाट ४ करोड आय हुने अनुमान गरिएको छ ।
प्रस्तुत बजेटको विनियोजनतर्फ चालु खर्च र पूँजिगत खर्च ४६ करोड ४० लाख ८२ हजार ८ सय, सडकमा ४० लाख,अपांगता कार्यक्रममा ४१ लाख ५१ हजार ८ सय ८०, ६,७ र ८ नम्बर वडामा कार्यालय निर्माणमा १ करोड,संघको बिशेष अनुदान ८४ लाख र ससर्त अनुदान ३६ करोड ६८ लाख रुपैयाँ रहेको जनाइएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पशु कार्यक्रम, युवा उद्यमशीलता, कोभिड तथा स्वास्थ्य क्षेत्र, बिपन्न नागरिक केन्द्रित कार्यक्रम, संस्थागत विकासमा जोड, २ बर्ष भित्रमा सुविधा सम्पन्न वडा कार्यालय बनाई कालोपत्रे सडक पु¥याउने लगायतका भौतिक पूर्वाधारका कामहरु गरिने , तटबन्ध ,खानेपानी ,सरसफाइ ,बिपद ब्यबस्थापनका कार्यक्रम गरिने बताइएको छ । त्यस्तै बिद्युत तथा बैकल्पिक उर्जा , शिक्षा ,बन तथा बाताबरण ,सिंचाई तथा नदि नियन्त्रण ,पर्यटन विकास ,बालमैत्री नगर,जातिर भाषा , पिछडिएका बर्ग ,युवा तथा खेलकुद जस्ता बिषयमा अझ जोड दिइएको छ । यसैगरी बस्ती विकास सामाजिक सुरक्षा ,सूचना प्रबिधि , सहकारी क्षेत्रको विकासमा जोड ,रोजगार प्रबद्र्धन ,राजश्व, सुशासन लगायत समेटिएको नीति कार्यक्रम आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय