उर्लाबारी । उर्लाबारी नगर कार्यपालिकाको बैठकमा नगरप्रमुख खड्ग फागोले ब्यक्त गर्नु भएको केही विषयमा गलत बुझाईका कारण हस्ताक्षर गरेको भन्दै उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भुलसुधार गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्दै गलत बुझाईका कारण बहुमत जनप्रतिनिधीहरुद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेको भन्दै भुलसुधार गरेको जनाइएको हो । लोकप्रिय वडाध्यक्षसमेत रहेका पौडेल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । मेयर फागो पनि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति हुनुहुन्छ । उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेसमा आस्थावान कार्यकर्ताहरुको भावनामा ठेस पुग्न गएको महशुस गरेको छु ।’ राष्ट्रियता, लोकतन्त्र, समाजवादमा प्रतिबद्ध चारतारे झण्डाबाट निर्वाचित जनप्रतिनिधि, नेपाली कांग्रेसको सिपाही भएको नाताले पार्टीमा आँच आउने कुनै कार्य म बाट हुन नसक्ने जानकारी गराउँदै पार्टी पंक्ति, कार्यकर्ता, शुभेच्छुकसँग भुलसुधार गर्दछु उहाँले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।























